
मेरो देश
हत्या हिंसा मेरो देशमा देखे अनि रोए
इतिहास का पाना भरी लेखे अनि रोए
हुन लाई त मेरो देश बुद्ध भुमी नै हो
आधुनिक मा आएर हेर कता गयो
जनक बुद्ध भृकुटी जन्मिएको देश
बद्लीएरै गैरहेछ हेर आज बरिबेश
हुन लाई त म पनि नजुटेकाे हैन
युवा शक्ति सम्हाल्दै छु जुटिसक्या छैन
कतै भयो भन्छ्न हेर हत्या बलात्कार
रमिता मात्र हेर्ने गर्छ हाम्रो देशको सरकार
छोरी चेली दबेका छ्न कुरितिको डरमा
खै कतिन्जेल बस्नु पर्ने यहि समाज को भरमा
हत्या हिंसा मेरो देशमा देखे अनि रोए
इतिहास का पाना भरी लेखे अनि रोए
राम्रो काम गर्ने लाई दबाउन खोजे
आजकालका मान्छे ले यो खै कुन बाटो रोजे
थाहै पाइन आज मैले यो देश डुबिसक्याे
हिजाेका ती वीर याेद्दा आज कहाँ गयो
जातभातकै कुरा गर्छन् हेर आज पनि
खान्न भन्छन् तैले देको पानी आज पनि
देश बेचियो देश लुटियाे जताततै आज
तर पनि लाज कसैलाई हुन्न हेर आज
बाढी पहिराे भ-क्षयले देश बगाइ सक्यो
आफ्नो स्वर्थ भरी आज सरकार हिडिसक्याे
गरेका ती बिकाश हरु छिनको छिन मै भङ्ग
अब कसले देला देश लाई त्यो इन्द्रेणी रङ्ग
हत्या हिंसा मेरो देशमा देखे अनि रोए
इतिहासका पाना भरी लेखे अनि रोए
लेखक
सिर्जना भण्डारीमेरो देश
सम्पर्क : ९८४९६६११४९