तीज धमाका २०२५ मा खुमन अधिकारी र मञ्जु भट्टराईको विशेष प्रस्तुती रहने

तीज धमका २०२५ आयोजना हुने भएको छ । वैदेशिक रोजगारको शिलशिलामा यूएईमा रहेका सैनामैना वासीहरुको भातृ संगठन सैनामैना सेवा समाज यूएईले गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि

काठमाडौं । सैनामैना सेवा समाज यूएईको आयोजनामा तीज धमाका २०२५ आयोजना हुने भएको छ । वैदेशिक रोजगारको शिलशिलामा यूएईमा रहेका सैनामैना वासीहरुको भातृ संगठन सैनामैना सेवा समाज यूएईले गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि अक्षयकोष निर्माणार्थ कार्यक्रम गर्न लागेको हो ।

सन् २०१८ देखि विदेशमा पहिचान समृद्ध सैनामैना हाम्रो अभियान भन्ने मुल नाराका साथ सेवा दिँदै आएको समाजले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि तीज धमका आयोजना गर्न लागेको कार्यक्रम संयोजक युवराज भट्टराईले जानकारी दिए ।

संयोजक भट्टराईका अनुसार कार्यक्रम आउँदो अगस्ट ३ तारिख आइतबारका दिन युएईको दुबईस्थित बरदुबईको क्लब एभरेस्ट याक एण्ड यतिमा हुँदैछ । कार्यक्रममा नेपालका चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारी र गायीका मञ्जु भट्टराईको मुख्य प्रस्तुती रहने आयोजकले जनाएको छ ।

साथै, यूएईमा रहेका कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने छ । कार्यक्रमको उद्घोषण भने समाजका महासचिव तथा कुशल उद्घोषक सुरेन्द्र परियारले गर्ने छन ।

कार्यक्रममा नेपाली परिकारहरुको स्वादमा पनि रमाउन सकिने बताइएको छ । हाल समाजले कार्यक्रमको तयारी तथा प्रचार प्रसारको कार्यलाई तिव्रताका साथ अघि बढाएको पनि संयोजक भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार