झापाका १६ वर्षीय रितिक धमला बेपत्ता

झापाका १६ वर्षीय रितिक धमला बेपत्ता

झापाको गौरादह नगरपालिका वडा नं. ७ (फोगडिबस्ती) का १६ वर्षीय रितिक धमला विगत तीन दिनदेखि बेपत्ता भएका छन् । धरानस्थित सैनिक आवासीय महाविद्यालयमा अध्ययनरत रितिक घरबाट विद्यालय जान भनी निस्किएका थिए, तर उनी विद्यालय नपुगी सीमावर्ती क्षेत्रबाट सम्पर्कविहीन भएका हुन् ।

पारिवारका अनुसार रितिक गत आइतबार (फेब्रुअरी १५, २०२६) बिहान १०:४५ बजे घरबाट निस्किएका थिए। उनी धरान जानुको साटो काँकडभिट्टा पुगेको सिसीटिभी (CCTV) फुटेजबाट पुष्टि भएको छ ।

काँकडभिट्टा नाकामा जडान गरिएको सिसीटिभी क्यामेरामा रितिक सोही दिन दिउँसो १:२१ बजे (नेपाल समय) देखिएका थिए । त्यसको दुई मिनेटपछि अर्थात् १:२३ बजे (भारतीय समय) मा उनी मेची पुल तरेर भारतको पानीटङ्कीतर्फ प्रवेश गरेको देखिएको छ । त्यसपछि उनी कसैको सम्पर्कमा आएका छैनन् ।

रितिकका बुबा तीर्थ प्रसाद धमला र परिवारले उनलाई फेला पार्न व्यापक खोजी गरिदिन सबैमा अनुरोध गरेका छन् । परिवारले नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (SSB) लाई समेत जानकारी गराइसकेको बताएको छ ।

यदि कसैले रितिकलाई देख्नुभएमा वा उहाँको बारेमा कुनै जानकारी प्राप्त गर्नुभएमा तुरुन्तै नजिकैको प्रहरी चौकी वा निम्न मोबाइल नम्बरहरूमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ: ९८०३३३२९०१, ९८२३२१४१४८, ९७०६०४४०३३, ९७३५१५६७८५

प्रहरीले सिसीटिभी फुटेजका आधारमा भारतीय प्रहरीसँग समन्वय गरी खोजी कार्य अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार