विगेसो प्रमुख सल्लाहकार परि थापाले ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरुलाई बेलायत सरकारले भाडाका सैनिकका रुपमा प्रयोग गरेकोले नेपाल सरकारले छिटो भन्दा छिटो पहल लिन माग गरेका छन् । “सम्मानित सर्बोच्च अदालतले समेत गोर्खा सैनिकहरुको पक्षमा निर्देशनात्मक आदेश दिदासमेत सरकार ३ वर्षदेखि कानमा तेल हालेर बस्नु दुर्भाग्य हो”थापाले भने ।
विगेसोका अध्यक्ष पदमसुन्दर लिम्बुले सर्बोच्च अदालतले नेपालीहरुलाई भाडाका सेना बनाउनबाट रोक्न दिएको सकारात्मक फैसलालाई सरकारले कार्यान्वयन नगरेकोले माघ २४ गते काठमाडौंमा प्रदर्शन गर्न बाध्य भएको जनाएका छन् ।
२०७९ माघ २४ गते विपक्षी नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको महत्वपूर्ण दिनकारुपमा मनाउँदै २०८२ माघ २४ गते विहान ११ बजे माइतिघर मण्डलामा जम्म भएर नयाँ बनेश्वर चोक पुगेर पुनः माईतिघर मण्डलामा फर्कि कोणसभा गर्ने लिम्बुले जनाए ।
लिम्बुले सन १९४७ को असमान राष्ट्रघाती सन्धिको खारेजीका साथै बेलायत, भारत, सिंगापुर र ब्रुनाईमा भोर्खा भर्तीका नाममा भइरहेको नेपाली नागरिकहरुमाथिको विभेद विरुद्ध राज्य उदासिन भएको बताए । विगेसोले व्रिटिस गोर्खाहरुको न्यायका लागि मात्रै नलडेर राष्ट्रिय स्वाधिनताको पक्षमा लडिरहेको बताउँदै लिम्बुले भने,“बेलायती साम्राज्यवादले गोर्खाहरुलाई बु्रनाई र सिंगापुरलगायतमा मानव तस्करी गरिहरेको छ, नेपाल सरकारले बुझ्नु पर्दैन ? यो राष्ट्रि स्वाधिनता उल्लङघन भएन ? अब यस अन्यायविरुद्ध हाम्रा भूत्ते खुकुरीमा धार लाउँछौं के सरकार तयार छ सामना गर्न ?”
बिगेसो सिंगापुर विभाग प्रमुख पलबहादर घर्तीले प्रेस विज्ञप्ति बाचन गर्दै बेलायतले १९४७ सम्झौतालाई उल्लङघन् गरेर गोर्खाहरुलाई ब्रुनाई, सिंगापुर लगायतका देशमा भडाका सैनिककारुपमा बेचेर मानब तस्करी गरिहरको बताए । सिंगापुर सरकारले विधवालाई पेन्सन तथा सेवा सुविधाबाट बन्चित गरिरहेको, सैनिकहरुका बालबच्चहरुलाई पढाई नसकि बिचैमा नेपाल फर्कन बाध्य पारेको लगायतका अन्यायविरुद्ध सरकारले सुन्नपर्ने माग राखे ।
सर्बोच्च अदालतको निर्देशनात्मक आदेशको प्रकरण नं. २७ मा भनिएको छ,“यी समस्त सन्दर्भमा समेत रीट निवेदकले सन्धिको प्रभाव, संविधान प्रदत्त अधिकार र राष्ट्रको सम्मान तथा स्वाभीमानको विषय उठाएकोले यो विषयलाई सतर्कतापूर्वक हेर्न, नेपाल र संयुक्त अधिराज्य तथा यूरोपेली मानवअधिकार अदालतबाट भएका निर्णयहरु तथा अन्य संस्थागत प्रयासको विषयमा समेत विज्ञहरुबाट अध्ययन अनुसन्धान गराउन, सारेकारवालासँग छलफल चलाउन तथा नेपाल र संयुक्त अधिराज्यबीच रहेको ऐतिहासिक एवं विशिष्ट सम्बन्धमा प्रतिकूल असर नपर्ने बरु अझ मजबूत हुने किसिमबाट दुई राष्ट्रको हितमा गोर्खा सेनाको सेवा सुविधालाई समुचित, समयानुकूल र समानतामा आधारित अरु सम्मानजनक बनाउन आवश्यक र उचित कदम लिन विपक्षीहरुको ध्यानाकर्षण गराउनु भनी यो निर्देशाात्मक आदेश जारी गरिएको छ ।”
“पहिलो आवाज सद्धभाव मिडिया नेटर्वक प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको राष्ट्रिय डिजिटल पत्रिका हो ।”
कम्पनि दर्ता नम्बर :
३०७६६०/०७९/०८०
सूचना विभाग दर्ता नम्बर :
४७४१-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नम्बर :
४७३३-२०८१/२०८२
बिज्ञापन बोर्ड दर्ता नम्बर :
०४०४/२०८१/८२/०१
सञ्चालक : शिब अधिकारी
सम्पादक : सन्दिप नेपाली
दृश्य सम्पादक : प्रमाद कार्की
लुम्बिनी प्रदेश : बिष्णु भट्टराई
संवाददाता : अञ्जना तामाङ
संवाददाता : सञ्जु के.सी.
समाचार वाचक : नबिना अधिकारी
पहिलो आवाज डटकम
ठेगाना :- काठमाडौं, नेपाल
सम्पर्क :- ९८६९२७८४०५
रुपन्देही सम्पर्क
सैनामैना ८, शान्तिटोल
ईमेल :- pahiloawaj@gmail.com
© 2026 Pahilo Awaj All right reserved Site By : Himal Creation