काठमाडौं । निरन्तर संसद पुनःस्थापनाको पक्षमना बोल्दै आउनुभएका नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गते नै चुनाव हुने बताउनुभएको छ ।
बुधबार झापावासीहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘सम्भवतः’ चुनाव फागुन २१ गते नै हुने बताउनुभएको हो ।
यसअघि चुनाव हुने वातावरण बन्न नसकेको धारणा राख्दै आउनुभएका उहाँले चुनाव फागुन २१ गते नै हुनसक्ने र फागुन २१ गते हुन नसके वा केही समयपछि भए पनि हुने उल्लेख गर्नुभएकाे हाे ।
ओलीले भन्नुभयाे, ‘चुनाव आउँदैछ । सम्भवतः चुनाव हुन्छ । सम्भवतः फागुन २१ मै पनि चुनाव हुनसक्छ । यो सम्भवतः नै हो । यदि फागुन २१ मा भयो भने वा अलि पछि भयो भने वा जहिले हुन्छ ।’
















