Pahilo Awaj

Advertisment

SKIP THIS

रक्तदान कार्यक्रमबाट ५० युनिट रगत संकलन

रक्तदान कार्यक्रम

शिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैना ६ कलौनीमा रहेको रामापुर माध्यमिक विद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जु.रे.स. तथा यु.रे.स. रामापुर माविको आयोजना तथा सैनामैना युवा रेडक्रस सर्कल र रामापुर स्काउट ट्रुप र रामापुर बाल क्लबको सह आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।रक्तदान

विद्यालयको ६१ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको विद्यालयका बाल क्लबका सहजकर्ता नन्दराम पोखरेलले जानकारी दिनुभयो ।

पोख्रेलका अनुसार सोमबार (आज) सम्पन्न रक्तदान कार्यक्रमबाट ५० युनिट रगत संकलन भएको छ । रक्तदान जिवनदान भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै कार्यक्रम आयोजना गरिएको भन्दै स्वस्थ रगत संकलन गर्न सहयोग पुर्‍याएकोमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुपन्देही अन्तर्गतको रक्तसञ्चार सेवा केन्द्र बुटवलले प्रशंसा समेत गरेको छ ।

May be an image of 5 people and text

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षकशिक्षका, अभिभावक, विद्यार्थी लगायतको उपस्थिती रहेको विद्यालय स्रोतले बताएको छ । आजै पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम पनि सम्पन्न भएको विद्यालयका प्राचार्य कृष्ण पौडेलले पहिलो आवाजलाई जानकारी दिनुभयो ।

विद्यालयले आफ्नो ६१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस (भोलि) मंगलबार मनाउँदै छ ।

भलिबल प्रतियोगिताको उपाधी लिटिल वर्डसलाई

रक्तदान कार्यक्रम

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार