Pahilo Awaj

Advertisment

SKIP THIS

केबलकार निर्माण विवादमा गृहमन्त्रीद्वारा चार जिल्लाका सांसदहरुसँग छलफल

केबलकार

काठमाण्डौ । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा भइरहेको आन्दोलनको विषयमा सम्बन्धित चार जिल्लाका सांसदहरूसँग छलफल गरेका छन् । हिजो बेलुका गृहमन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधिसँग छलफल गरेका हुन ।

केबलकार निर्माणको विषयलाई लिएर गएको शनिवार ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो । झडपमा गम्भीर घाइते भएका तीन जनाको काठमाण्डौमा उपचार भइरहेको छ ।

गृहमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार थप तनावको अवस्था सिर्जना हुन नदिन गृहमन्त्रीले सांसदहरुसँग छलफल गरेका हुन् ।

छलफलमा सहभागी सांसद एवम् एमाले सचिव योगेश भट्टराईले वार्ताबाट समाधान खोज्नेबारेमा छलफल भएको जानकारी दिए । उनले यसबारेमा सम्बन्धित मन्त्रालयसँग छलफल गरेर अघि बढ्ने सहमति भएको बताए ।

यसैबीच कोशी प्रदेश सरकारले विरोध गर्दै आएको समूहलाई वार्तामा आउन आह्वान गरेको छ । कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिको बैठकले असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान गरेको हो ।

केबलकार निर्माण

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार