Pahilo Awaj

Advertisment

SKIP THIS

रविको बयान सकियो, थुनछेक बहस बिहीवार

rabi

काठमाडौँ । रुपन्देही जिल्ला अदालतमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिइएको छ।

उनीसँगको बयान सकिएको र थुनछेक बहस बिहीवार हुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए।

न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा रविको बयान भएको हो। मरासिनीका अनुसार आज उनलाई परिवार र कानुन व्यवसायीको जिम्मामा भोलि उपस्थित हुने गरी छाड्न आदेश भएको छ।

सुप्रिम सहकारीको बचत ठगी आरोपमा उनीलगायत विरुद्ध रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको छ।

रवि लामिछाने

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार