काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनले आज शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो।
सो अवसरमा बेलायती राजपरिवारका सदस्य ड्युक अफ एडिनबर्गको आसन्न नेपाल भ्रमणका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ। भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु पनि सहभागी थिए।