शुशिलाको टिममा कुलमान, पाए उर्जा मन्त्रालयको जिम्मेवारी

कुलमान

काठमाडौं । जेनजी आन्दोलन पछि शुशिला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारको उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले पाएका छन । नवनियुक्त प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा घिसिङलाई आफ्नो मन्त्रीमण्डलमा स्थान दिएकी हुन । घिसिङले भोलि पद तथा गोपनियताको शपथ लिने स्रोतले जनाएको छ ।

यस अघि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी निभाएर लोकप्रियता कमाएका कुलमान उज्यालो नेपालका अभियान्ता समेत हुन । केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई पदिय जिम्मेवारीबाट हटाएर हितेन्द्र देव शाक्यलाई प्राधिकरणको प्रमुख बनाएपछि घिसिङको पक्षमा देशब्यापी आवाज उठेको थियो ।

अब भने हितेन्द्र देवले कुलमानलाई रिझाउनु पर्ने अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार