कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सोमबार शुरु हुँदैछ। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा शुरु हुनेछ। दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक ९ महिनापछि बस्न लागेको हो। आइतबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले बैठकका लागि ६ एजेण्डा तय गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार बैठकमा भातृ संस्थाको म्याद थप, सरकारको समीक्षा, क्रियाशील सदस्यता वितरण, समसामयिक राजनीति लगायत विषयमा छलफल गर्ने एजेण्डा छ । पार्टीको१०० दिने अभियानमा खटिएका प्रतिनिधिको रिपोर्ट पेश हुनेछ। पार्टीबाट प्रदेशमा सरकारमा गएका मन्त्रीहरूले आ-आफ्नो मन्त्रालयले गरेका कामको जानकारी पनि दिनेछन्।

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो ।

बैठक आइतबार बिहान ९ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थितिका लागि निर्देशन दिइएकै छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार