
काठमाडौं । आजदेखि पोखरामा शुरू भएको दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यशविस र ललितपुर क्वीन्स ले विजयी शुरुआत गरेका छन ।
पोखराको बहुउद्देश्यीय कभर्डहलमा भएको उद्घाटन खेलमा कर्णालीले पोखरा निन्जाजलाई ३–० को सोझो सेटमा हराउँदै जित हात पारेको थियो भने दोस्रो खेलमा ललितपुर क्वीन्सले मधेश युनाइटेड लाई ३–० को सोझो सेटमा हराएको थियो ।
पहिलो खेलमा कर्णालीले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१४ ले जित्यो । यस्तै दोस्रो खेलमा ललितपुर क्वीन्सले पहिलो सेट २५–१७, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले जितेको हो ।
प्रतियोगितामा कर्णाली, पोखरा, ललितपुर, मधेश, काठमाण्डौ स्पाइकर्स र लुम्बिनी लाभाज गरी ६ वटा टोली छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको फाइनल खेल भदौ २८ गते हुनेछ ।