साइबर ब्युराेमा उजुरी दिँदै स्वर्णिम वाग्ले

स्वर्णिम वाग्लेले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले प्रहरीको साइबर ब्युराेमा उजुरी गर्न लागेका छन् ।

वाग्लेको आवाज जस्तै सुनिने भिडियो क्लिप सामाजिक सञ्जालमा प्रसारित भएको छ । भारतीय व्यक्तिहरूसँग वाग्लेले संवाद गरेको जस्तै गरी भिडियो क्लिप बनाइएको छ।

उक्त आवाज डिप फेक भएको र त्यसविरुद्ध साइबर ब्युराेमा उपसभापति वाग्लेले उजुरी दिन लागेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उक्त फेक संवादप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको झाले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार