‘नाडा अटो सो २०२५’ आज सकिँदै

आज सकिँदै

काठमाडौँ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडाको आयोजनामा भइरहेको ‘नाडा अटो सो २०२५’ आइतबार सकिँदैछ। काठमाडौंको भृकुटीमण्डपमा भदौ ३ गते शुरु १७ औं संस्करणको शो आज सकिन लागेको हो ।

सोेमा उन्नत प्रविधि, स्मार्ट मोबिलिटी र दिगोपनलाई जोड दिइएको छ। शोमा उड्ने कारदेखि अत्याधुनिक स्वचालित चारपांग्रे रोबोट ‘युनिट्री रोबोट्स’ कासाथै विभिन्न ब्राण्डका गाडी प्रदर्शनीमा राखिएका छन्। अवलकोनकर्ताको रोजाइमा उड्ने कार रहेको आयोजको भनाइ छ।

शनिबारसम्ममा १ लाख ४९ हजारले अवलोकन गरिसकेको अटोमोबाइल्स एशोसियसनले जनाएको छ । यस वर्षको शो’मा १९ वटा चारपांग्रे ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी ब्राण्ड, ४ वटा दुईपांग्रे सवारी ब्राण्ड, तथा ३५ अन्य कम्पनी (टायर, ल्युब्रिकेन्ट, उपकरण, वित्तीय संस्था आदि) गरी १२५ भन्दा बढी प्रदर्शकहरू सहभागी छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार