
काठमाण्डौं । अटोमोबाइल व्यवसायीहरूको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा सुरु भएको सवारीसाधन प्रदर्शनी मेला ‘नाडा अटो शो २०२५’ मा अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको छ ।
प्रदर्शनीको तेस्रो दिन बिहिबार (हिजो) सम्म ७८ हजार ५ सय १३ जनाले मेलाको अवलोकन गरेको आयोजकले जनाएको छ ।
हिजो एक विज्ञप्ति जारी गर्दै नाडाले आर्थिक चनुौती र कठिनाइका बीच पनि नेपाली जनतामा अटो शो प्रतिको बढ्दोउत्साह, विश्वास र समर्थनलाई स्पष्ट रूपमा प्रकट गरेको उल्लेख गरिएको छ ।
यो उत्साह, विश्वास र समर्थनलाई एउटा अन्त्य नभई नयाँ सुरुवात भएको नाडाका अध्यक्ष करण चौधरीले बताएका छन । उनले जारी विज्ञप्ति मार्फत नेपाललाई अटामोबाइल नवप्रवर्तन र भविष्य उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन नाडाको आत्मविश्वास मजबुत भएको उल्लेख गरिएको छ ।
साथै, नाडाको यो ऐतिहासिक सफलतामा योगदान पुर्याउनुभएका सबै प्रदर्शक, प्रायाजेक, सरकारी निकाय, सञ्चारकर्र्मी र सबै अवलोकनकर्ताहरूलाई नाडाको तर्फबाट हादिर्क आभार विज्ञप्ति मार्फत गरिएको छ ।