काठमाडौं। एक्सट्रिम इर्जी ड्रिंक्स र नेपाल क्रिकेट संघ (क्यान) बीचको साझेदारी अन्तर्गत एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगो अंकित नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) र एक्सट्रिम इनर्जी ड्रिंक्स बीच जर्सी प्रायोजनसम्बन्धी दुई वर्ष सम्झौता माघ २ गते शुक्रबार सम्पन्न भएको थियो। उक्त सम्झौताअन्तर्गत एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगो अंकित नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी राष्ट्रिय खेलकुद परिसदका महासचिव राम चरित्र मेहेता र क्यानका सचिव पारस खड्का द्वारा सार्वजनिक गरिएको हो ।
बुधबार आयोजित जर्सी अनावरण कार्यक्रममा नेपाल क्रिकेट संघका पदाधिकारी राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडी एक्सट्रिम इनर्जी ड्रिंक्सका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थितिमा नयाँ जर्सी सार्वजनिक गरिएको हो ।
कार्यक्रममा एक्सट्रिम इनर्जी ड्रिंक्सले नेपाली क्रिकेट विशेषगरी महिला क्रिकेटको विकासमा दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। जर्सी प्रायोजनमार्फत खेलाडीलाई प्रोत्साहन, आत्मविश्वास तथा व्यावसायिक वातावरण प्रदान हुने विश्वास व्यक्त गरिएको छ। यस सहकार्यले राष्ट्रिय महिला क्रिकेट टोलीको तयारी मनोबल र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक क्षमतामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
त्यसैगरि, राष्ट्रिय खेलकुद परिसदका महासचिव राम चरित्र मेहेताले निजी क्षेत्रबाट प्राप्त यस्तो सहयोगले नेपाली क्रिकेटको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन्। साथै सार्वजनिक गरिएको नयाँ जर्सीले नेपाली महिला क्रिकेट टोलीको पहिचानलाई अझ सशक्त बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई थप गौरवान्वित बनाउने विश्वास व्यक्त गरिएको छ।
यसै क्रममा एक्सट्रिम इनर्जी ड्रिंक्सले आईसीसी मेन्स टी-२० विश्वकप क्रिकेटका खेलहरू हेर्न स्टेडियन पुग्ने समर्थकहरुका लागि २००० थान नेपाली क्रिकेट टोलीको जर्सी वानखडे स्टेडियममा निःशुल्क वितरण गर्ने जानकारी दिएको छ ।
















