
काठमाडौं । “खेल मार्फत सामाजिक उत्तरदायित्व पुरा गरौं, खेल र खेलाडिहरुलाई प्रोत्साहन गरौं” भन्ने मूल नाराका साथ स्वतन्त्र विद्यार्थी युनियन आर आर क्याम्पसको आयोजना तेस्रो संस्करणको अन्तर क्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता भाद्र २२ देखि २७ गतेसम्म रत्न राज्यलक्ष्मी क्यामपस प्रांगढमा हुन लागेको हो । प्रतियोगितामा देशभरका क्यामपसहरुबाट पन्ध्र बढी टोली सहभागी हुने आयोजकले अपेक्षा राखेको प्रतियोगिताबारे जानकारी दिन आइतबार (आज) आयोजना गरिएको पत्रकार सम्मेलनमा बताइएको छ ।
प्रतियोगितामा सहभागी हुन भाद्र २० गते सम्म टिम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । प्रतियोगितामा बाह्र भन्दा धेरै टिम भएको खण्डमा नकआउट र बेस्ट अफ फाइभका आधारमा प्रतियोगित सञ्चालन गरिनेछ ।
बाह्र भन्दा कम टिम भएको अवस्थामा बेस्ट अफ थ्री र लिग चरणमा खेलाइने आयोजकले बताएको छ ।
प्रतियोगिताको विजेताले नगद तीन लाख रुपैयाँ पाउने छ । त्यस्तै, उपविजेताले दुई लाख रुपैयाँ प्राप्त गर्दा तेस्रो हुने टोलीले एक लाख रुपैयाँ पाउने स्ववीयू आर आर क्याम्पसले जनाएको छ ।
विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरूलाई पनि छनोट गरि पुरस्कार प्रदान गरिने स्वतन्त्र विद्यार्थी युनियन आर आर क्याम्पसका सभापति लोकेश खड्काले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन ।
@pahiloawajofficial “खेल मार्फत सामाजिक उत्तरदायित्व पुरा गरौं, खेल र खेलाडिहरुलाई प्रोत्साहन गरौं” भन्ने मूल नाराका साथ स्वतन्त्र विद्यार्थी युनियन आर आर क्याम्पसको आयोजना तेस्रो संस्करणको अन्तर क्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । #volleyball #freestusentsunion ♬ original sound – Pahilo Awaj