चौथो खेलमा हेल्प नेपाल विजयी

नेपाली लिग च्याम्पियन टिप‌ टप हेल्प नेपाल स्पोर्टस क्लबले माल्दिभ्समा जारी काभा मेन्स च्याम्पियन्स लिगमा चौथो खेलमा जित हात पारेको छ । चौथो खेलमा हेल्प नेपालले काजकस्तानको क्लब जेटएचकेलाई ३-२ को सेट अन्तरले पाखा लगाएको हो । हेल्प नेपालले ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा रहेको जेटएचकेलाई पहिलो सेट २५-२२ ले हराए पनि दोस्रो सेट १८-२५ र तेस्रो सेट २३-२५ ले गुमाएको थियो । त्यसपछिका सेटमा भने उत्कृष्ट पुनरागमन गर्दै हेल्प नेपालले क्रमश चौथो सेट २५-१८ र पाचौँ तथा निर्णायक सेट १५-११ ले आफ्नो पक्षमा पारेको थियो । जितसँगै हेल्प नेपालले ४ खेलमा ९ अंक जोडेको छ । सेन्ट्रल एसियन भलिबल एसोसियन (काभा) को आयोजना भइरहेको च्याम्पियन्स लिगमा काभाका सदस्य रहेका ५ देशका लिग च्याम्पियन क्लब र आयोजकको उपविजेता समेत गरि ६ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुनेछ । च्याम्पियन्स लिगको विजेताले सन् २०२६ को एसियन क्लब च्याम्पियनसिप खेल्न पाउनेछ।

नेपाली लिग च्याम्पियन टिप‌ टप हेल्प नेपाल स्पोर्टस क्लबले माल्दिभ्समा जारी काभा मेन्स च्याम्पियन्स लिगमा चौथो खेलमा जित हात पारेको छ । चौथो खेलमा हेल्प नेपालले काजकस्तानको क्लब जेटएचकेलाई ३-२ को सेट अन्तरले पाखा लगाएको हो ।

हेल्प नेपालले ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा रहेको जेटएचकेलाई पहिलो सेट २५-२२ ले हराए पनि दोस्रो सेट १८-२५ र तेस्रो सेट २३-२५ ले गुमाएको थियो ।

त्यसपछिका सेटमा भने उत्कृष्ट पुनरागमन गर्दै हेल्प नेपालले क्रमश चौथो सेट २५-१८ र पाचौँ तथा निर्णायक सेट १५-११ ले आफ्नो पक्षमा पारेको थियो ।

जितसँगै हेल्प नेपालले ४ खेलमा ९ अंक जोडेको छ । सेन्ट्रल एसियन भलिबल एसोसियन (काभा) को आयोजना भइरहेको च्याम्पियन्स लिगमा काभाका सदस्य रहेका ५ देशका लिग च्याम्पियन क्लब र आयोजकको उपविजेता समेत गरि ६ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुनेछ । च्याम्पियन्स लिगको विजेताले सन् २०२६ को एसियन क्लब च्याम्पियनसिप खेल्न पाउनेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार