माल्दिभ्समा लगातार तेस्रो जित निकाल्ने दाउमा हेल्प नेपाल

काभा मेन्स च्याम्पियन्स लिगमा हेल्प नेपाल स्पोर्टस क्लबको बिजयी सुरुवात

काठमाडौं । नेपाली लिग च्याम्पियन टिप‌ टप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स च्याम्पियन्स लिगको आफ्नो दोस्रो खेलमा पनि जित हात पारेको छ । हेल्प नेपालले हिजो  भएको खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई ३-१ को सेट अन्तरले‌ हराएको हो ।

सुरुवाती दुई सेट जितेर खेलमा पकड बनाएको हेल्प नेपालले तेस्रो सेट गुमाएको थियो। चौथो सेटमा लयमा‌ फर्कदै हेल्प नेपालले खेल जितेको थियो। आफ्नो पहिलो खेलमा हेल्प नेपालले बिहीवार घरेलु टोली धिवेही सिफाइन्स क्लबलाई ३-२ को सेट अन्तरले हराएको हो ।

हेल्प नेपालले आज आफ्नो तेस्रो खेल खेल्दैछ। आज हुने खेलमा  हेल्प नेपालले किर्गिस्तानको क्लब बिसकेकसँग खेल्दैछ । दुवै टोलीबीच नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

सेन्ट्रल एसियन भलिबल एसोसियन (काभा) को आयोजना भइरहेको च्याम्पियन्स लिगमा काभाका सदस्य रहेका ५ देशका लिग च्याम्पियन क्लब र आयोजकको उपविजेता समेत गरि ६ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुनेछ । च्याम्पियन्स लिगको विजेताले सन् २०२६ को एसियन क्लब च्याम्पियनसिप खेल्न पाउनेछ।

@pahiloawajofficial माल्दिभ्समा लगातार तेस्रो जित निकाल्ने दाउमा हेल्प नेपाल, तेस्रो खेलमा किर्गिस्तानको क्लब बिसकेकसँग खेल्दै #cava #volleyball #volleyballworld #volleyballnepal ♬ original sound – Pahilo Awaj

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार