रवि लामिछाने अमेरिका जाँदा भिजिट भिसामा गएको हो वा होइन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले रास्वपा सभापति रवि लामिछाने अमेरिका जाँदा भिजिट भिसामा गएको हो वा होइन भन्ने विषय प्रष्ट पार्न सो पार्टीलाई आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो जिज्ञासा राखेका हुन् । आफूले लामिछाने भिजिटरको रुपमा अमेरिका गएको भन्ने आफूले सुनेको बताउँदै त्यसबारे जानकारी दिन आग्रह गरेका छन् ।

लगत्तै, उनले भिजिट भिसामै गएको भए सोही देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन ? भन्दै प्रश्न पनि गरे ।

 

@pahiloawajofficial भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री लेखकले गरे रास्वपालाई प्रश्न “रवि लामिछाने अमेरिका कुन भिषामा जानुभएको हो ?” #rameshlekhak #visitvisa #visitvisakanda ♬ original sound – Pahilo Awaj

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार