कार्यसूचीबाट हटाइयो प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम

प्रधानमन्त्री ओली

काठमाडौं । रास्वपा सांसदहरुले आज पनि संसदमा अवरोध जारी राखेका छन् । सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा सांसदहरु आआफ्नो ठाउँबाट उठेर बैठक अवरुद्ध गरेका हुन् ।

लगत्तै सभामुखले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी गराएका छन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको दिन रास्वपाका पुरुष सांसदहरु कालो कपडा र निलो रिबनसहित संसद भवन पुगेका थिए ।

आज बैठकबाट राप्रपासँगै रास्वपा पनि बाहिरिएको छ । प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपा सांसदहरु आआफ्नो ठाउँबाट उभिएर विरोध जनाएका थिए ।

सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्न आग्रह गरे पनि उनीहरुले मानेनन् । त्यसपछि सभामुख देवराज घिमिरेले मन्त्रालयगत बजेटमाथिको छलफल जारी राखे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार