स्कटल्यान्डविरुद्धको खेलमा नेपाल विजयी

टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले पहिलो जित हासिल गरेको छ। गएराति भएको खेलमा घरेलु टोली स्कटल्यान्डलाई २ विकेटले हराउँदै नेपालले प्रतियोगितामा पहिलो जित निकालेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २ बल बाँकी हुँदै ९७ रनमा अलआउट भएको थियो। जवाफमा नेपालले पाएको ९८ रनको कमजोर लक्ष्यमा पनि नेपालले कडा संघर्ष गर्नु पर्यो। नेपालले इनिङको अन्तिम बल बाँकी हुँदा ८ वकेट गुमाएर लक्ष्य पुरा गर्यो।

नेपालका जितमा ओपनर कुशल भुर्तेलले ३० रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले १४ रन बनाए। त्यस्तै बसिर अहमदले १३ रन बनाउँदा किरन ठगुन्ना १० रन बनाएका थिए। नेपालका लागि विजयी रन भने सन्दीप लामिछानेले १ बल खेल्दै १ रन हानेर पुरा गरेका थिए। उनीसँग करण केसी ३ रनमा अविजित रहे।

कमजोर स्कोरका बाबजुत नेपाली ब्याटरलाई दबाब दिन सफल भएको स्कटल्यान्डका लागि माइकल लिस्क र सफ्यान सरिफले समान २-२ विकेट लिंदा ब्रान्डन म्याकमुलम, मार्क वाट, ज्याक जार्भिस, र जसपर डेभिडसनले समान १-१ विकेट लिए।

त्यसअघि नेपालको उत्कृष्ट बलिङमा सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै ११ रन खर्चिएर ४ विकेट लिएका थिए। त्यस्तै करण केसी र दिपेन्द्र सिंह ऐरीले समान २(२ विकेट लिंदा ललित राजवंशीले १ विकेट हात पारेका थिए।

नेपाल विरुद्ध सुरुवातबाटै धर्मराएको स्कटल्यान्डको इनिङ सुरुवाती २४ रन जोड्दै ५ विकेट गुमाउन पुगेको थियो। त्यसपछि छैटौं विकेटका लागि माइकल लिस्क र कप्तान म्याथ्यु क्रसले ३९ रनको साझेदारी गरे।

उक्त साझेदारी लामिछानेले तोड्दै पुन स्कटल्यान्डलाई धरासायि बनाए। उनले कप्तान क्रसको विकेट सहित २ बलमा २ विकेट लिएर पुन नेपाललाई खेलमा फर्काए। उनले तीन खेलाडीलाई बोल्ड गर्दा स्यान सरिफलाई एलबिडब्लु आउट गरे।

स्कटल्यान्डका लागि लिस्कले ४६ बलमा ४६ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झना योग्य रहेन्। उनी बाहेक कप्तान क्रसले १५ रन बनाउँदा ब्रान्डन म्याकमुलमको १० रन थप दोहोरो स्कोरका रुपमा रह्यो। मंगलबारको खेलमा नेपालका बलर करण केसीले आफ्नो १ सयौं विकेटको कोसेढुङ्गा समेत पुरा गरे।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार