प्रतिनिधि सभाको बैठक सुरु, राप्रपा र रास्वपाको अवरोध

प्रतिपक्षको अवरोध पछि संसद बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । तेह्र दिनदेखि लगातार अवरुद्ध हुँदै आएको प्रतिनिधि सभाको बैठक सुरु भएको छ। बैठक प्रारम्भ भएलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुनः अवरोध जारी राखेका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संयुक्त रुपमा सदन अवरोध गरिरहेका थिए ।

यद्यपि, नेकपा माओवादी केन्द्रले सत्तारुढ दलको तर्फबाट नेकपा एमालेसँग समझदारी गरेको छ ।

उक्त समझदारी राप्रपा र रास्वपाले मानेको छैन । यसैबीच केहीबेर अघिबाट सुरु भएको प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाले अवरोध गरिरहेको छ ।

माओवादी र समाजवादी भने विरोधमा उभिएको छैन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार