Pahilo Awaj

Advertisment

SKIP THIS

प्रधानमन्त्री समक्ष खानेपानी मन्त्रालयको वर्तमान अवस्था तथा भावि योजना प्रस्तुत

khanepani mantralaya

काठमाडौं । खानेपानी मन्त्रालयले आफ्नो वर्तमान अवस्था तथा भावि कार्ययोजना प्रधानमन्त्री केपी शर्मा ओली समक्ष प्रस्तुत गरेको छ । प्रधानमन्त्री कार्यालयमा आज मन्त्रालयले खानेपानी मन्त्री प्रदिप यादवको देश दौडाहा, मन्त्रालयको कार्यहरु लगायतका बिषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको जनाएको हो ।

खानेपानी मन्त्री यादव तथा मन्त्रालयका पदाधिकारी सहितको टोलीले प्रधानमन्त्री ओलीलाई आफ्ना कामहरुबारे जानकारी गराएका थिए । बिषेशगरि खानेपानीका क्षेत्रमा बजेट अभावका कारण योजनाहरु अलपत्र हुने सिर्जना उत्पन्न हुन नदिन प्रधानमन्त्रीसँग पहल गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।

बाढीपहिरोबाट प्रभावित क्षेत्रका लागि पुनस्र्थापना र सुधारका कार्य तीव्र गतिमा आघि बढाएको, दीर्घकालीन विकास लक्ष्य अनुसार, खानेपानी र सरसफाइ सेवा विस्तार गर्न मन्त्रालयको प्रतिबद्धता अनुसार बजेटको चुनौतीका बीच पनि परिवर्तनको यात्रा जारी रहेको लगायतका बिषयहरु प्रधानमन्त्रीलाई बताइएको हो ।

कार्यक्रममा मेलम्ची आयोजना पुनः सञ्चालनमा ल्याउने, बाढी प्रभावित क्षेत्रमा अस्थायी पानी सेवा उपलब्ध गराउने, २५ करोड लिटर पानी प्रशोधन केन्द्र निर्माणको तयारी, काठमाण्डौ उपत्यकामा खानेपानी दैनिक १३ करोड लिटर उपलब्ध गराउन सिस्नेरी खानेपानी आयोजनाको डीपिआरको कार्य अगाडि बढाइएको तथा मेलम्चि खानेपानी योजनाबारे ब्रिफिङ लगायतका दर्जनौं बिषयहरुमा प्रधानमन्त्री ओली ध्यानाकर्षण गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार