
काठमाडौं । जेष्ठ १५ गते देखि सुरु हुने भनिएको अनिश्चितकालीन जनआन्दोलनको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले प्रमुख राजावादी नेताहरूसँग भेट गरेका छन । सोल्टी होटलमा लन्च मिटिङको आयोजना गरि पूर्वराजा शाहले रणनीतिक भेट गरेको बताइएको छ ।
भेटमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, तथा राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्ट लगायतको सहभागिता रहेको थियो ।
पूर्वराजाको भेटघाट र आन्दोलनको पूर्वघोषणा बीचको सम्बन्धलाई गम्भीरतापूर्वक हेरिएको छ। पछिल्लो समय जनआन्दोलनले के कस्तो राजनीतिक प्रभाव पार्ला भन्ने विषयमा चासो बढेको छ।
राजावादीहरुले आयोजना गर्न लागेको आन्दोलनले राजसंस्थाको पुनर्स्थापना, नेपाललाई पुनः हिन्दु राष्ट्रको रूपमा घोषणा र संघीय शासन प्रणालीको खारेजी लगायतका बिषयलाई मुख्य एजेन्डा बनाएको छ ।