भारत-पाकिस्तान बीच युद्धविराम लागू, सोमवार थप छलफल हुने

युद्धविराम गर्न सहमत भएका छौँ : पाकिस्तानका विदेशमन्त्री इशाक

काठमाडौँ ।  भारतका विदेश सचिव विक्रम मिस्रीले पनि युद्धविरामको पुष्टि गर्दै अब स्थल र हवाई आक्रमण रोकिएको जानकारी दिएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत-पाकिस्तान युद्धविराम गर्न सहमत भएको घोषणा गरेलगत्तै भारतका विदेश सचिव मिस्रीले उक्त जानकारी दिएका हुन्।

उनले भनेका छन्, ‘अब हवाई र स्थल हमला हुने छैन, १२ तारिख,सोमवार वार्ता हुने छ।’

अमेरिकाको प्रयासमा दिउँसो मध्याह्नदेखि नै भारत र पाकिस्तानका अधिकारीहरूबीच वार्ता भएको थियो। दुवै देशका अधिकारीहरूबीच सहमति भएपछि आज साँझ ५ बजेबाट युद्धविरामको घोषणा भएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार