भारत-पाकिस्तान तनाब : नेपाली नागरिकको ख्याल राख्न सभामुखको रुलिङ

भारत-पाकिस्तान तनाब : नेपाली नागरिकको ख्याल राख्न सभामुखको रुलिङ

काठमाडौं । प्रतिनिधिसभाले भारत र पाकिस्तानमा रहेका नेपालीबारे ख्याल गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

शुक्रबार बसेको सभाको बैठकमा सांसदहरूले समेत आकस्मिक समयमा यो विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले पनि सरकारको ध्यानाकर्षण गरेका हुन् ।

‘भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षा लगायत पर्न सक्ने सम्भावित समस्याहरूप्रति आवश्यक व्यवस्थापन गर्न/गराउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,’ सभामुख घिमिरेले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार