राजावादीहरूले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने

काठमाडौँ । राजावादीहरूले आउँदो जेठ १५ गतेदेखि राजसंस्था ल्याउन अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन्। बिहीवार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका हुन्। उनले नै आन्दोलनको नेतृत्व लिने भएका छन्। उनले आन्दोलन भने शान्तिपूर्ण हुने जनाए। भद्र अवज्ञा र सत्याग्रह पनि हुने उनले बताए। निरकुंशता र सर्वसत्तावादको अन्त्य गरी जनतामा निहित सार्वभौमसत्ता र जनताको निर्णायकत्वलाई थप सुदृढ तुल्याई जनतालाई व्यवहारिक रूपमा देशको मालिक भएको अनुभूति दिलाउनु आन्दोलनको मुख्य उद्देश्य रहेको पनि उनले बताए।

काठमाडौँ । राजावादीहरूले आउँदो जेठ १५ गतेदेखि राजसंस्था ल्याउन अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन्।

बिहीवार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका हुन्।

उनले नै आन्दोलनको नेतृत्व लिने भएका छन्। उनले आन्दोलन भने शान्तिपूर्ण हुने जनाए। भद्र अवज्ञा र सत्याग्रह पनि हुने उनले बताए।

निरकुंशता र सर्वसत्तावादको अन्त्य गरी जनतामा निहित सार्वभौमसत्ता र जनताको निर्णायकत्वलाई थप सुदृढ तुल्याई जनतालाई व्यवहारिक रूपमा देशको मालिक भएको अनुभूति दिलाउनु आन्दोलनको मुख्य उद्देश्य रहेको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार