काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा धरौटीमा रिहा भएका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी अदालतमा उपस्थित हुन लागेका हुन् ।
कास्की जिल्ला अदालतको आदेश अनुसार ६५ लाख रुपैयाँ धरौटी बुझाएर उनी प्रहरीको हिरासतबाट रिहा भएका थिए । बिहीबार अदालतबाट छुटेपछि प्रहरीले अस्पतालमा स्वास्थ्य परीक्षण गराएर उनलाई परिवारको जिम्मा लगाएको थियो ।
उनीसँगै मुद्दाका ६ प्रतिवादी धरौटी बुझाएर रिहा भएका छन् । छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङ धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतले जनाएको छ । धरौटी रकम बुझाउन नसकेपछि प्रतिवादी लीला पछाईँ भने हिरासतमै रहेको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए ।