रेशमलाई थुनामुक्त गर्न अर्को पत्र पठाउँदै सर्वोच्च

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । आज नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो । उनलाई त्यहीँबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

काठमाडौं । रेशम चौधरीलाई कैद गर्ने पत्र कानुनसम्मत नदेखिएपछि सर्वोच्च अदालतले अर्को पत्र पठाउने तयारी गरेको छ । त्यही पत्रका आधारमा रेशम चौधरीलाई थुनामुक्त गर्ने तयारी छ ।

‘मुद्दा विचाराधीन भएकै अवस्थामा एक शाखा अधिकृतबाट शंकास्पद हिसाबले पत्र जारी भएको देखियो, त्यसमाथि हामी छानबिन गर्दैछौं,’ सर्वोच्च अदालत उच्च स्रोतले भन्यो, ‘यस्तो अवस्थामा त्यो पत्रले वैधता पाउँदैन । उहाँलाई थुनामुक्त गर्ने पत्र जारी हुँदैछ ।’

यसबारेमा अनौपचारिक रुपमा महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रशासन संयन्त्रसँगसमेत कुराकानी भइरहेको सर्वोच्च अदालत स्रोतले बतायो ।

सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टको नामबाट आज जारी भएको पत्रका आधारमा सादा पोशाकका प्रहरीले प्रज्ञा भवन कमलादी परिसरबाट रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार