
रुपन्देही । नवलपुर सेवा समाजले आफ्नो बार्षिक कार्ययोजना अनुसार सातौँ अक्षयकोष निर्माण कार्यक्रम सम्पन्न गरेको छ । नारायणी माध्यमिक विद्यालय गैंडाकोट नगरपालिका ७ शितलनगरमा समाजले अक्षयकोष निर्माण गरेको हो ।
शिक्षा नै विकासको प्रकृया भएका जनाउँदै समाजले यसको स्तरमा सुधार गर्न अक्षयकोष निर्माण कार्यक्रम अगाडी बढाएको छ । जसअन्तर्गत समाजले नवलपुर जिल्लामा रहेका चार वटा नगरपालीका र चार गाउँपालीकामा अवस्थित विद्यालयहरु मध्ये हरेकबाट एउटालाई समेटेर ८ अक्षयकोष निर्माण गर्ने निर्णय बमोजिम सातौँ अक्षयकोष निर्माण गरेको हो ।
सातौँ अक्षयकोष समाजको चौथो कार्य समितिद्वारा नवलपुर सेवा समाजका युएईका प्रमुख सल्लाहकार बेद प्रसाद अर्यालको संयोजकत्वमा स्थापना गरिएको हो ।