लम्कि (कैलाली) । खानेपानीमन्त्री प्रदीप यादवले कैलालीको लम्कि क्षेत्रमा खानेपानीका समस्या समाधान गर्ने बताउनु भएको छ । आज कैलाली जिल्लाको लम्कि चुहा नगरपालिका स्थित लम्कि चुहा सहलगानि खानेपानी आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले उक्त आयोजना सम्पन्न भए यस क्षेत्रमा खानेपानी सम्बन्धिका सबै समस्या समाधान गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, “नगरिकलाइ सुद्ध पानी बितरण गर्ने सरकारको प्रमुख लक्ष र उदेश्य हो । लम्किमा निर्माण भैरहेको खानेपानी आयोजनाले यहाँका नागरिकको खानेपानीको समस्या समाधान गर्ने छ ।”
अनुगमन तथा निरीक्षणका क्रममा सन्चारकर्मिलाइ संछिप्त प्रतिक्रिया दिनु हुँदै मन्त्री यादवले आम देशबासी नागरिकलाई शुद्ध खानेपानी पुर्याउनु आफ्नो प्रमुख दायित्व भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, “आम नेपाली नागरिकलाई शुद्ध खानेपानी दिनु मेरो प्रमुख दायित्व हो । म आम नागरिकलाई शुद्ध पानी वितरणका लागि सधै कटिबद्ध छु ।”
मन्त्री यादवले सुदुरपश्चिमका आम नगारिकहरुका खानेपानीका क्षेत्रमा देखिएका समस्या पूर्ण रुपमा समाधान गरिने समेत बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको एक घर एक धाराको अवधारणा अनुसार मन्त्रालय विभिन्न खानेपानी आयोजनाको क्षेत्रमा काम गरिरहेको छ । सुदूरपश्चिमाका नागरिकका खानेपानीका समस्या समाधान गरेरै छोड्छौँ ।”
आम नेपाली नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको पनि स्पष्ट निर्देशन रहेकाले आफुले पनि मन्त्रालय सम्हालेदेखि हाल सम्म नागरिकका खानेपानीका समस्या दीर्घकालिन रुपमा समाधान गर्नतर्फ अग्रसर रहेका उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो, “सरकारको एक घर एक धाराको अवधारणा छ । आम नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउन म सहित सिङ्गो मन्त्रालय खटिएका छौँ।” पछिल्लो समय चुरे दोहन तथा जलवायु परिर्वतनका कारण पानीका मुहानहरु सुक्दै जान थालेकाले तराइँ लगायतका क्षेत्रमा भुमिगत पानी सुक्न थालेको एवं चापाकलमा समेत पानी आउन बन्द हुँदा नागरिकलाई पानीको समस्या झन थपिँदै गएको उहाँको भनाई थियो ।
तराइँ क्षेत्रमा भुमिगत पानी संरक्षण गर्नका लागि चुरे दोहन गर्ने कार्य यथासक्के रोक्नु पर्ने मन्त्री यादवले धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “चुरे दोहनले तराइँमा भुमिगत पानी सुक्न थालेका छन् । चुरे दोहन गर्ने अब बन्द गर्नु पर्छ ।”
आजको निरीक्षण तथा अनुगमनमा लम्किचुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाहि,मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्रचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ,स्थानीय उपभोक्ता लगायतको सहभागिता रहेको थियो ।