दुर्गा प्रसाईं औपचारिक रुपमा भोलि बिहान मात्रै समातिँदै

आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको हुँ : दुर्गा प्रसाइँ

चैत १५ गते राजधानीको तीनकुनेमा हिंसा मच्चाएर भारत पुगेका दुर्गा प्रसाईं भारतमा पक्राउ परेको खबर बाहिरिएको छ । राजा फर्काउने,बैंकको ऋण नतिर्ने भन्दै सर्वसाधारणलाई उराल्दै आएका उनी पक्राउ परेको औपचारिक जानकारी प्रहरीले दिएको छैन ।

प्रसाईंको सचिवालयले भारतको असाम राज्यको प्रहरीसमक्ष आत्मसर्पण गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएको छ । नेपाल प्रहरीले भने हालसम्म पक्राउ नपरेको उल्लेख गर्दै प्रसाईं रहेको पछिल्लो स्थानबारे जानकारी भएको बताएको छ ।

नेपाल र भारतबीच सुपुर्दगी सन्धि नभएकाले पक्राउ परेकाहरुलाई औपचारिक रुपमा जानकारी नदिई हस्तान्तरण गर्ने चलन छ । सम्भवतः प्रसाईंको हकमा पनि भोलि त्यस्तै हुनेछ ।

उता भारतीय अधिकारीहरुले प्रसाईं लाई पक्रेर अनौपचारिक रुपमा बुझाउँदा नेपालसँग सम्बन्ध सुधार्ने उपयुक्त अवसरको रुपमा लिएका छन् । यसबाट राजावादीहरुलाई भारतको समर्थन नरहेको सन्देश दिन मौका पनि मिल्ने छ । प्रसाईंविरुद्ध राजकाजसहित संगठित अपराधको मुद्दा आकर्षित हुने प्रहरी स्रोतले बतायो । तीनकुने,कोटेश्वर र सिनामंगल क्षेत्रमा चैत १५ गते भएको तोडफोड र आगजनीमा ४६ करोड रुपैयाँ क्षति भएको हिसाब छ । उक्त क्षति प्रसाईंबाटै पुर्ताल गराउन अदालतसमक्ष माग गरिने छ ।

यसअघिका मुद्दामा अदालतमा उपस्थित गराउँदा प्रसाईंले इजलाससमक्ष जिब्रो देखाउँदै आफूलाई क्यान्सरले छोएको बताएर सहानुभूति बटुल्ने गरेका थिए । क्यान्सर रोगी भन्ने बित्तिकै न्यायाधीशहरुले दयाभाव राख्ने गरेकाले उनी पटक पटक धरौटीमा छुट्ने गर्दथे ।

स्रोत : जनआस्था डटकमबाट हुबहु साभार

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार