
शिब अधिकारी,रुपन्देही । प्रथम बीवाईसी कप खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता बुधबार (आज)बाट सुरु हुदैछ । बुद्धनगर युवा क्लबको आयोजनामा रुपन्देहीको सैनामैना ५ बुद्धनगरमा आजबाट चैत्र ३० गतेसम्म चल्ने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको हो ।
“स्वास्थयका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगिताको उद्घाटन खेलमा लाफा समुह बुटवलले आयोजक बुद्धनगरसँग खेल्दा आजै हुने दोस्रो खेलमा मणिमुकुन्द भलिबल क्लबले गोल्डेन युवा क्लबसँग खेल्ने खेल संयोजक दिपक ज्ञवालीले जानकारी दिए ।
प्रतियोगितामा परासी युवा क्लब, लाफा समुह बुटवल, बुद्धनगर युवा क्लब, सृस्टी युवा क्लब, न्यू होराईजोन स्पोर्टस क्लब, मणिमुकुन्द भलिबल क्लब,गोल्डेन युवा क्लब,शुद्धोदन गाउँपालिका र स्पोर्टस क्लब सहभागि छन् ।
प्रतियोगिताको विजेता टोलीले १ लाख ५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुने टोलीले ५५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सेमिफाईनल पुग्ने दुई टोलीलाई समान १५ हजार ५५ सय ५५ रुपैयाँ प्रदान गरिने क्लबले जनाएको छ ।
त्यस्तै, विधागत तर्फ उत्कृष्ट खेलाडीलाई ३ हजार तथा स्पाईकर, डिफेन्डर, ब्लकर, सर्भिस, प्रशिक्षक र सेटरलाई प्रत्येक खेलबाट समान १ हजार ५ सय रुपैयाँ दिईने बताईएको छ ।