
काठमाडौं । सिन्धुपाल्चोकको चौतारामा जारी प्रथम चौतारा साँगाचोकगढी नगरकप राष्ट्रिय खुल्ला क्लब स्तरीय भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले जितेको छ । बुधवार (आज) भएको फाईनल खेलमा गण्डकी प्रदेश भलिबल क्लबलाई हराउँदै पुलिसले उपाधी चुमेको हो ।
पुसिले गण्डकीलाई ३-० को सोझो सेटमा हरायो । पहिलो सेट २५-१६ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २५-१८ तथा तेस्रो सेट २५-२२ ले जितेको हो । जितसँगै पुलिसले ३ लाख रुपैँया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै, दोस्रो स्थानमा चित्त बुझाएको गण्डकीले १ लाख ५० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उता आजै भएको तेस्रो खेलमा शसस्त्र प्रहरी बल एपीएफलाई हराउँदै कोशी प्रदेश भलिबल क्लबले तेस्रो स्थान हात पारेको छ ।
कोशीले एपीएफलाई ३-० को सोझो सेटमा हराउँदै तेस्रो स्थान पक्का गरेको हो । कोशीले पहिलो सेट २६-२४, दोस्रो सेट २५-१४ तथा तेस्रो सेट २५-१७ ले आफ्नो पक्षमा पारेको हो । यो सँगै कोशीले २५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।