त्रिवि क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसंघका जोशी निर्वाचित

त्रिवि विश्वविद्यालय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसंघका जोशी निर्वाचित

काठमाडौं । त्रिवि विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचन जितेको छ । नेविसंघका दीपकराज जोशी सभापति निर्वाचित भएका हुन् ।

उनले ७८९ मत प्राप्त गरे ।

२०७९ मा पनि त्रिवि क्याम्पसमा नेविसंघले नै जितेको थियो । त्यतिबेला यहाँ नेविसंघको तर्फबाट श्यामराज ओझा निर्वाचित भएका थिए ।

यो पटकको स्ववियु निर्वाचनमा त्रिवि विश्वविद्यालय क्याम्पसमा तीन दलका विद्यार्थी संगठनबीच तीव्र प्रतिस्पर्धा चलेको थियो ।

कुल ३ हजार ११८ मत खसेकोमा जोशीले ७८९ मत प्राप्त गर्दा अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत प्राप्त गरे ।

त्यस्तै, अखिल क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत प्राप्त गरे ।

अन्तिम मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार पदमा भुसालले १६६ र उज्वल खड्काले ७१७ मत प्राप्त गरेका छन् ।

त्रिवि क्याम्पस

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार