
रुपन्देही । रुपन्देहीको कञ्चनमा जारी लुम्बिनी साझेदारी कपको तेश्रो दिन एक खेल सम्पन्न भएको छ । आज सम्पन्न भएको खेलमा हिमालय सामुदायिक बिकास केन्द्रलाई हराउँदै मनोभव एफ.सी विजयी भएको छ।
मनोभाव एफ.सीले हिमालय सामुदायिक बिकास केन्द्रलाई ३ १ को गोल अन्तरले पराजित गरेको हो। मनेभव एफ.सी.को जितका लागि दर्शन बि.क.ले २ गोल र समुन्द्र ज्ञवालीले १ गोल गरेका थिए भने हिमालयका लागि अभिषेक बि.क.ले सान्त्वना गोल र्फकाएका थिए।
अस्नैया युवा क्लवको २५ औं बार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगितामा रुपन्देहीका १२ टोली सहभागी छन। अस्नैया युवा क्लब र लुम्बिनी साझेदारी वन व्यबस्थापन समूहको संयुक्त आयोजनामा सञ्चालन भएको प्रतियोगिताका विजेता टिमले नगद २ लाख रुपैया सहित शिल्ड, मेडल र प्रमाण पाउने छन भने उप विजेता टिमले नगद १ लाख रुपैया सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्।
चैत्र २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार रुपैँया प्राप्त गर्ने आयोजकले जनाएको छ। कञ्चन ४ अस्नैया स्थित खेल मैदानमा जारी प्रतियोगिताको चौथो दिन भोली करङ्गे युवा क्लब, कञ्चन ३ र फर्साटिकर एफ.सी बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।