Pahilo Awaj

Advertisment

SKIP THIS

नेपाल पुलिस क्लब मदन भण्डारी गोल्डकपको फाइनलमा

Madan Bhandari Goldcup

बुटवल । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङशिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा भारतको गुजरात प्रदेश भलिबल एसोसिएसनलाई हराउँदै पुलिस फाइनलमा पुगेको हो ।

पुलिसले गुजरातलाई ३–१ को सेटमा हराएको हो । पुलिसले पहिलो सेट २५–२७ ले गुमाए पनि दोस्रो सेट २५ – १४ ले आफ्नो पक्षमा पार्‍यो। त्यसपछिको दुई सेट पनि पुलिसले २५–२१ र २७–२५ मा जित्दै अन्तिममा पुगेको हो ।

त्यस्तै, त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबीचको दोस्रो सेमिफाइनल खेल भने प्रतिकूल मौसमका कारण स्थगित भएको छ। शीतलहरका कारण खेल अघि बढ्न सकेन । दिउँसो सवा ३ बजे खेल शुरू भएर पहिलो सेट २–२ अंक पुगेका बेला खेल रोकियो ।

करिब १५ मिनेट रोकिएको खेल प्राविधिक टिमको निर्णयपछि भोलिका लागि स्थगित भएको मदन भण्डारी एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले बताए । स्थगित भएको खेल बुधबार बिहान ११ बजे हुनेछ ।

प्रतियोगिताको विजेताले ७ लाख ५० हजार, दोस्रोले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथो टोलीले १ लाख रूपैयाँ पाउनेछन् । फाइनल खेल २५ गते दिउँसो हुनेछ ।

नेपाल पुलिस क्लब

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार