प्रतिनिधिसभा बैठक बस्दै,यस्ता छन कार्यसूची

प्रतिनिधिसभा

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ः०० बजे बस्दैछ।

संसद् सचिवालयलका अनुसार बैठकको सम्भावित कार्यसूचीमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्नेछन्।

यसैगरी बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। बैठकमा यसमाथि छलफल पनि हुने सचिवालयले जनाएको छ ।

वनमन्त्री ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पनि सभासमक्ष प्रस्तुत गर्नेछन्।

प्रतिनिधिसभा बैठक

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार