
रुपन्देही । सैनामैना सेवा समाज यूएईले रुपन्देही सेवा समाज यूएई माथि जित दर्ता गरेको छ । आईतवार सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा आयोजक समेत रहेको सैनामैना सेवा समाज यूएई विजयी भएको हो ।
निर्धारित समय ३-३ को बराबरीमा खेल सकिएपछि ट्राईब्रेकर धकेलिएको खेलमा पनि ५ बराबरी भएकोे थियोे । खेलको टुंगो लगाउने क्रममा सैनामैनाका गोल किपरले १ गोल गरे ।
खेल यूएईको अल सफ पार्कमा यूएईको स्थानीय समय अनुसार बिहान ७ बजेबाट सुरु भएको थियोे ।
सैनामैना सेवा समाजको आयोजनामा पहिलो पटक मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको हो ।
सैनामैना सेवा समाज यूएईले स्थापना कालदेखि नै विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यहरु गर्दै आएको छ ।