भलिबल प्रतियोगिताको फाईनलमा कालिगण्डकी स्याङजा र न्यू होराईजन भिड्ने

भलिबल प्रतियोगिता

पाल्पा । न्यू सेभेन स्टार युवा क्लबको आयोजनामा पाल्पाको रैनादेवी छहरा गाउँपालिका ८ बुढीदमारमा जारी क्लबस्तरीय खुल्ला भलिबल प्रतियोगिताको फाईनलमा कालिगण्डकी स्याङजा र न्यू होराईजन भिड्ने भएका छन् । आज सम्पन्न सेमिफाईनल खेलमा कालिगण्डकी स्याङजाले पाल्पा तथा न्यू होराईजनले मणिमुकुन्द भलिबल क्लबलाई हराउँदै फाईनल भेट पक्का गरेका हुन् ।

पहिलो सेमिफाईनल खेलमा कालिगण्डकी स्याङजाले पाल्पालाई ४-१ को सेट अन्तरमा हरायो । उसले आफ्नो जितमा दोस्रो, तेस्रो र चौँथो सेट क्रमश २५-१५, २५-१९ र २५-१५ ले आफ्नो पक्षमा पारेको थियो । पाल्पाले भने पहिलो सेट २५-२१ ले जितेको थियो ।

त्यस्तै, दोस्रो सेमिफाईनल खेलमा न्यू होराईजनले मणिमुकुन्द भलिबल क्लबलाई ४-१ को सेट अन्तरमा हराएको छ । उसले पहिलो दोस्रो र चौँथो सेट क्रमश २५-१५, २५-१७ तथा २५-१५ ले आफ्नो पक्षमा पार्दा हार ब्यहोरेको मणिमुकुन्दले तेस्रो सेट २५-१९ ले जितेको थियो ।

आजै तेस्रो स्थानका लागि भएको खेल पाल्पाले जितेको छ । उसले मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराएको हो । उसले क्रमश २५-१४, २५-१७ तथा २७-२५ ले जितेको हो । जितसँगै पाल्पाले ३० हजार रुपैयाँ प्राप्त गर्ने भएको छ भने पराजय भोगेको मणिमुकुन्दले सान्त्वना स्थान हासिल गर्दै १५ हजार प्राप्त गर्ने भएको छ ।

भोलि हुने फाईनल खेलको विजेताले ७५ हजार तथा उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

कालिगण्डकी स्याङजा र न्यू होराईजन भिड्ने

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार