सकियो प्रथम सर्दी कप : उपाधी जीएम समाजलाई

नवलपरासी पूर्व । प्रथम सर्दी कप २०८१ को उपाधी जीएम समाज कावाशोतीले जितेको छ । शुक्रबार सम्पन्न फाईनल खेलमा मणिमुकुन्द भलिबल क्लबलाई पराजित गर्दै समाजले उपाधी आफ्नो पक्षमा पारेको हो ।

विनयी त्रिवेणी ३ सर्दी स्थित कटिवाँसघारीमा फागुन ६ गतेदेखि सञ्चालन भएको प्रथम सर्दी कपमा जीएम समाजले मणिमुकुन्दलाई ३-२ को सेट अन्तरमा हराएको हो । जीएम समाजले पहिलो, तेस्रो र पाँचौ सेट जितेको थियो । उसले २५-२१, २५-१४ तथा १५-१३ ले हराएको । मणिमुकुन्द भने दोस्रो र चौँथो सेट २५-२१ र २५-१९ ले जिते पनि अन्तिम सेटमा पुनरागमन गर्न नसक्दा उपविजेतामा चित्त बुझाउनु पर्‍यो ।

त्यस्तै, तेस्रो स्थानका लागि आजै सम्पन्न खेलमा स्याङजाले पाल्पालाई ३-२ को सेट अन्तरमा हरायो । स्याङजाले दोस्रो, चौथो र पाँचौ सेट क्रमश २५-१७ , २५-१९ र १६-१४ को अन्तरमा जित निकालेको थियो । पाल्पाले पहिलो र तेस्रो सेट २५-२२ र २५-२१ ले जितेको थियो ।

प्रतियोगिताको विजयी टोली जीएम समाजले १ लाख ५१ हजार १ सय ११ शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुने मणिमुकुन्द भलिबल क्लबले १ लाख १ हजार १ सय ११ तथा तृतीय भएको स्याङजाले ५१ हजार १ सय ११ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

सकियो प्रथम सर्दी कप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार