
सैनामैना । सनातन गौ संरक्षण अभियान यूएईद्वारा आयोजित मासिक सत्सङ्ग एवम् स्वस्थानी ब्रत कथाको सामुहिक प्रसाद ग्रहण कार्यक्रम सम्पन्न भएको छ । फेव्रुअरी १६ तारिक आइताबारका दिन पौष शुक्ल पुर्णिमा देखि माघ शुक्ल पुर्णिमासम्म अभियानले जूम मार्फत सञ्चलान गरेको स्वस्थानी ब्रत कथाको साङ्गेता १२ फेब्रुअरी २०२५ मा गरे पनि भजन कृतन तथा सामुहिक प्रसाद ग्रहण कार्यक्रम आईतबार सम्पन्न गरिएको हो गरिएको हो ।
कार्यक्रम दुबईको सिन्ध पञ्जाव रेस्टुरेन्टको हलमा सनातन गौ संरक्षण अभियान युएईका प्रमुख संरक्षक रमेश न्यौपानेको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका केन्द्रिय सदस्य सरु रेग्मीले सहजीकरण गर्नु भएको थियो ।
सनातन गौ संरक्षण परिवार यूएईका अध्यक्ष सागर दाहालको अध्यक्षतामा भएको कार्यक्रमको पण्डित माधव प्रसाद गैरे र गणेश गैरेद्वारा वैदिक मन्त्र पुजा अर्चनासहित प्रमुख अतिथी विशेष अतिथि र गुरुहरुबाट दिप प्रजवलन गरेर शुभारम्भ गरिएको थियो ।
नेपाली समाज यूएईका उपाध्यक्ष, गुल्मी सेवा समाज यूएईका अध्यक्ष एवम् संस्थाका सल्लाहकार राम प्रसाद श्रेष्ठ , संस्थाकी प्रमुख सल्लाहकार रमा पन्थ, संरक्षक पार्वता सिग्देल, संस्थाका संस्थापक संरक्षक अन्तराष्ट्रिय कथा वाचक बाल व्यास श्रवण न्यौपाने, सैनामैना सेवा समाज युएईका अध्यक्ष बिष्णु पन्थी, धार्मिक तथा सामाजिक व्यक्तित्व ज्ञाम प्रसाद घिमिरेको बिशेष आतिथ्यता एवम् युएईमा रहेका थुप्रै धार्मिक तथा सामाजिक संस्थाका प्रतिनिधि एवम् उपस्थित भक्त सज्जनहरुलाई आसन ग्रहण गराउदै संस्थाकी बरिष्ठ उपाध्यक्ष लक्ष्मी शर्माले स्वागत गर्नु भएको थियो।
कार्यक्रममा आफ्ना मन्तव्य राख्दै विशेष अतिथि राम श्रेष्ठले प्रदेशमा रहेर पनि पुर्ण निष्ठामा रहि स्वस्थानी परमेश्वरीको आरधाना गरि कथा श्रवण गराउनुहुने बिनिता परियारलाई धन्यवाद दिदै सनातन गौ संरक्षण अभियानले आध्यात्मिक चेतना जगाउन गरेका कार्य र गौ सेवा र गुरुकुल सहयोगको प्रशंसा गर्दै सधै आफ्नो साथ सहयोग रहिरहने बताउनु भएको थियो।
त्यस्तै, वाल व्यास श्रवण न्यौपानेले सनातन गौ संरक्षण अभियान यूएइले गरेका कार्यहरु अति प्रसंसा योग्य रहेको र अब संस्था अन्य ठाउँमा पनि बिस्तार गर्नु पर्ने र त्यसको लागि आफूले समन्वय गर्ने बताउनु भयो । प्रमुख अतिथी रमेश न्यौपानेले जस्तोसुकै परिस्थिति आए पनि आफ्नो धर्म संस्कार र संस्कृति भुल्न नहुने र गौसेवा गर्ने कार्य धेरै पुन्य कार्य रहेकोले सबैले पुन्य कार्यमा एक हुनु पर्नेमा जोड दिनु भएको थियो।
कार्यक्रममा एक महिना सम्म दैनिक कथा श्रवण गराउने बिनिता परियार र नेपालबाट भ्रमणमा रहनु भएकी सस्थाका प्रमुख संरक्षक रमेश न्यौपाने की ममतामयी आमा श्रीमती नन्दी न्यौपानेलाई सम्मान गरिएको थियो।
कार्यक्रमको सस्थाका अध्यक्ष सागर दाहालको मन्तव्यसहित कार्यक्रमको समापन गरि सामुहिक रुपमा प्रसादी ग्रहण तथा भजन कृतन गरिएको थियो।