वडास्तरीय नकआउट फुटबल प्रतियोगिता : तेस्रो दिन ११ र ५ विजयी

वडास्तरीय नकआउट फुटबल प्रतियोगिता : तेस्रो दिन ११ र ५ विजयी

सैनामैना । युवा सञ्जालको आयोजनामा आयोजित वडास्तरीय नकाउट फुटबल प्रतियोगिता अन्तरगत आज तेस्रो दिन दुई खेल सम्पन्न भएका छन ।

सैनामैना ५ बक्सडस्थित कोटिया खेल मैदानमा सम्पन्न पहिलो खेलमा वडा नम्बर ११ र वडा नम्बर ५ विजयी भएको खेल संयोजक रेवन्त सिंजालीले जानकारी दिनुभयो ।

सिंजालीका अनुसार पहिलो खेलमा वडा नम्बर ११ ले वडा नं २ लाई ० को विरुद्ध २ गोलको अन्तरमा हराएको हो भने दोस्रो खेलमा वडा नं ५ ले वडा नं ६ लाई ३ गोल गर्दै जितेको हो ।

यस्तै पहिलो खेलमा वडा नं ११ का दिपेन सेन र दोस्रो खेलमा वडानं ५ का नागमणी चाैधरी म्यान अफ द म्याच हुन सफल भएका छन ।

प्रतियोगिताको विजेता हुने टोलीले ५१ हजार १ सय ११ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले २५ हजार ५ सय ५५ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै, उत्कृष्ट खेलाडीले ३ हजार र प्रत्येक खेलका म्यान अफ द म्याच हुने खेलाडीले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

वडास्तरीय नकआउट फुटबल

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार