सैनामैना दुधराक्ष कपमा गण्डकी तेस्रो

सैनामैना दुधराक्ष कप

शिब अधिकारी, सैनामैना । गण्डकी प्रदेश भलिबल क्लब सैनामैनामा जारी दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा तेस्रो भएको छ ।

शुक्रबार तृतिय र सान्त्वना स्थानका लागि भएको प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लबलाई हराउँदै गण्डकी तेस्रो भएको हो । गण्डकीले मणिमुकुन्दलाई ३-२ को सेटमा हराएको थियो ।

पहिलो र दोस्रो सेट जितेको मणिमुकुन्दले बाँकी तीन सेट गुमाएको हो । मणिमुकुन्दले पहिलो सेट २५-२३ तथा दोस्रो सेट २६-२४ ले जितेको थियो ।

खेलमा तेस्रो सेट २५-२२, चौँथो सेट २५-२० तथा अन्तिम सेट १५-११ ले गण्डकी प्रदेशले जितेको हो ।

जितसँगै गण्डकीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सान्त्वना भएको मणिमुकुन्दले ५५ हजार ५ सय ५५ मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको फाईनल खेल शनिबार (भोलि) दुई विभागिय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस बीच हुने आयोजक दुधराक्ष युवा क्लबले जनाएको छ । प्रतियोगिताको विजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

सैनामैना दुधराक्ष कप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार