पाँचौ अक्षय कोष स्थापना कार्यक्रम सम्पन्न

पाँचौ अक्षय कोष

रुपन्देही । नवलपुर सेवा समाज युएईले पाँचौ अक्षय कोष स्थापना कार्यक्रम सम्पन्न गरेको छ । देवचुली नगरपालिकामा रहेको श्री जीवन ज्योति आधारभूत विद्यालयमा समाजले पाँचौ अक्षय कोष स्थापना गरेको हो ।

अक्षय कोष स्थापना कार्यक्रम नवलपुर सेवा समाजका सल्लाहकार नरजित रानाको संयोजकत्वमा सम्पन्न भएको थियो। शिक्षा क्षेत्रलाई समय सापेक्ष परिवर्तन गर्न जरुरी रहेको बताउँदै वैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहेका नवलपरासी पूर्व सुस्ता नवलपुर बासीहरुको संस्थाले अक्षय कोष स्थापना कार्यक्रम गर्दै आएको छ ।

नवलपुर जिल्लाका विद्यालयमा अध्यान गर्ने बालबालिकाको सहयोगार्थ तथा गरिब एवम् जेहनदार विद्यार्थीलाई सहयोग तथा सम्मान गर्ने हेतुले समाजले कार्यक्रम गरेको समाजले आफ्नो बार्षिक कार्यक्रम अनुसार नवलपुरका ४ नगरपालिका र ४ गाउँपालिका गरि कुल ८ वटा विद्यालयमा अक्षय कोष स्थापना गरि हस्तान्तरण गरिने बताएको छ ।

अक्षय कोष

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार