
सैनामैना । रुपन्देहीको सैनामैनामा जारी दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तेस्रो दिन आज दुई खेल हुँदै छन् ।
दुधराक्ष युवा क्लबको आयोजनामा माघ २५ गतेबाट सुरु भएको प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा आज कोशी प्रदेश भलिबल क्लबले गल्कोट भलिबल क्लबसँग तथा दोस्रो खेलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबसँग खेल्ने भएको हो ।
कोशी र गल्कोटबीचको पहिलो खेल बिहान ११ बजे सैनामैना ६ कलौनी चोक स्थित वडा कार्यालयको खेल मैदानमा हुनेछ । त्यस्तै एपीएफ र नेपाल पुलिसबीचको खेल दिउँसो १ बजे हुने दुधराक्ष युवा क्लबका सल्लाहकार तथा प्रतियोगिता संयोजक राजकुमार चौधरीले जानकारी दिनुभयो ।
हिजो भएको खेलमा मणिमुकुन्द भलिबल क्लबले गल्कोट भलिबल क्लबलाई ३-१ को सेटमा हराएको थियो । त्यस्तै २५ गते सम्पन्न पहिलो खेलमा कोशी प्रदेश भलिबल क्लब मणिमुकुन्दसँग ३-० को सोझो सेटमा पराजित भएको हो ।
कोशी र गल्कोटले आज आफ्नो दोस्रो खेल खेल्दैछन । भने दुई विभागीय टोली एपीएफ र पुलिस आफ्नो पहिलो खेल खेल्दैछन् । चारवटै टोली प्रतियोगितामा पहिलो जित दर्ता गर्ने उद्देश्यका साथ मैदान उत्रने छन् ।