
सैनामैना । रुपन्देहीको सैनामैना मुर्गियामा हुने सुनगाभा सैनामैना गोल्ड कप फुटबल प्रतियोगिता बारे सैनामैना क्षेत्रभित्र रहेका सञ्चारकर्मीहरू सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार सम्पन्न कार्यक्रममा विभिन्न सञ्चार गृहका सञ्चारकर्मीहरूले गोल्ड कप सफल बनाउन महत्वपुण सुझाव दिएका छन् ।
पत्रकार, खेलप्रेमी, आयोजक तथा अन्य सरोकारवालाअरु बीच छलफल गर्दै प्रतियोगितालाई प्रभावकारी बनाउन आवश्यक रणनीतिहरूबारे कुराकानी समेत भएको छ ।
कार्यक्रममा पत्रकारहरूले खेलको व्यापक प्रचार–प्रसार, खेलाडीको मनोबल वृद्धि, प्रायोजक खोजी तथा व्यवस्थापन, दर्शकको सहभागिता वृद्धि, सुरक्षाको उचित व्यवस्था तथा खेल मैदानको स्तरोन्नति जस्ता विषयमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रम सफल बनाउन सवैभन्दा बलियो पाटो आर्थिक भएको र एकै वर्ष सैनामैनामा दुइ राष्ट्रिय खेल हुँदा सहयोगि दाताहरु नहुन सक्ने भन्दै आगामी दिनमा मिलेर कार्यक्रम आयोजना गर्न सुझाव दिएका छन् ।
खेलकुदका माध्यमबाट सैनामैनालाई चिनाउनका लागि जुन प्रतियोगिता आयोजना गर्न लाग्नुभएको छ यस प्रतियोगिता हाम्रो पनि हो र यो प्रतियोगिता सफल बनाउन यहाका सञ्चारकर्मीहरू लाग्ने सैनामैनाका अग्रज पत्रकार छवि पाण्डेले बताउभयो ।
कार्यक्रममा आयोजकहरूले पत्रकारहरूसँग सहकार्य गर्दै प्रतियोगितालाई अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सैनामैनामा फुटबलका राम्रा खेलाडी भएको र यस क्षेत्रमा कुन फुटबल प्रतियोगिता हुन नसकेको हुनाले राष्टिय खेलाडी उत्पादन गर्ने उदेश्यले यो प्रतियोगिता गर्न लागेको खेल संयोजक अशोक खड्काले जानकारी दिनुभयो ।
प्रतियोगिताले खेलकुदको विकास, स्थानिय खेलाडिहरूको प्रतिभा प्रस्फुटन र नेपाली फुटबलको स्तर उकास्ने लक्ष्य राखेको संयोजक खड्काको भनाइ छ ।
टिम व्यवस्थापनका संयोजक श्री दर्लामीका अनुसार प्रतियोगितामा राष्ट्रिय स्तर ए डिभिजनका दश वटा फुटबल क्लबहरूको सहभागिता रहनेछ ।
यता प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्ने लक्ष्य राखेको र त्यो सफल गराउने आर्थिक संयोजक गोपाल खड्काले बताउनु भयो । एउटै ठाउमा दुइओटा ठुला गेम भइरहदा सहयोग नउठ्ने तर टिममा बसेका साथीहरु व्यापारी र सधै अरुलाई सहयोग गर्ने भावनाका भएको भन्दै यसपालि आफ्नै प्रतियोगितालाई सहयोग गरी सफल गराउने खड्काको भनाइ छ ।
यस क्षेत्रकै सर्बाधिक धनराशी पुरस्कार राखिएको सुगाभा सैनामैना गोल्ड कप प्रतियोगिताको पुरस्कार राशी ७ लाख र उपविजेतालाइ ४ लाख रुपैया राखिएको छ ।
प्रतियोगिता फागुन १९ गते देखि २८ गते सम्म सैनामैना रंगशालामा सञ्चालन हुने छ ।