![बुद्ध](https://pahiloawaj.com/wp-content/uploads/2025/02/ec52462a-5d76-4ca3-a2e2-015ba189c057.jpg)
![बुद्ध](https://pahiloawaj.com/wp-content/uploads/2025/02/ec52462a-5d76-4ca3-a2e2-015ba189c057.jpg)
![बुद्ध](https://pahiloawaj.com/wp-content/uploads/2025/02/ec52462a-5d76-4ca3-a2e2-015ba189c057.jpg)
सैनामैना । रुपन्देहीको सैनामैना ७ देउवापारमा रहेको बुद्ध ईङ्गलिस स्कुलमा “स्पोर्ट मिट” कार्यक्रम सुरु भएको छ । आजदेखि माघ २७ गतेसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न विधाका खेलकुद प्रतियोगिता समावेश गरिएको छ ।
आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरि “स्पोर्ट मिट”को औपचारिक शुभारम्भ गरिएको हो ।
विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक बालकृष्ण घिमिरेको अध्यक्षतामा सम्पन्न भएको शुभारम्भ कार्यक्रमको प्रमुख अतिथी विद्यालय व्यवस्थापन समिति अध्यक्ष खिमराज पोख्रेल तथा विशिष्ठ अतिथी विद्यालयका प्राचार्य लेखनाथ गैरे रहनुभएको थियो ।
कार्यक्रमको मार्च पास तथा अस्मी जीएमको टीमद्वारा नृत्य प्रस्तुत गर्दै उद्घाटन गरिएको विद्यालयका प्राचार्य गैरेले बताउनुभयो । उहाँका अनुसार आज कक्षा ६ देखि १० सम्म १ सय तथा २ सय मिटर दौड, ४ सय मिटर रिले, हाईजम्प र लङजम्प प्रतियोगिता भएका छन् ।
त्यस्तै, कक्षा २ देखि ५ सम्म १ सय तथा २ सय मिटर दौड, म्याथम्याटीकल रेस र बुक ब्यालेन्स रेस हुदाँ कक्षा नर्सरी देखि १ सम्म ५० मिटर दौड, बुक ब्यालेन्स रेस र ईन आउट गेम भएका छन् ।
विद्यालयका शिक्षक सुशिल घिमिरेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी खिमराज पोख्रेल र विशिष्ठ अतिथी लेखनाथ गैरेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।