Pahilo Awaj

Advertisment

SKIP THIS

सामान्य अंकले घट्यो शेयर बजार

शेयर

काठमाण्डाै । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४.४५ अङ्कले घटेर २ हजार ७ सय ११.४५ विन्दुमा झरेको छ ।

आज फाइनान्स, जलविद्युत्, म्युचल फन्ड, निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको शेयर घटेको छ । आज फाइनान्स समूहको शेयर ५.६७ प्रतिशतले उकालो लागेको छ ।

आज सामुदायिक लघुवित्त र कर्पाेरेट विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन उपकार लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज कारोबार रकम सामान्य बढेको छ । हिजो ८ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ३ सय ९ वटा कम्पनीका १ करोड ९१ लाख कित्ता शेयर ८ अर्ब ९५ करोड रुपैयाँमा किनबेच भएको छ ।

शेयर बजार

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार